दफा ३९
बोर्डले शर्तहरु तोक्न सक्ने
(१) बोर्डले धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र प्रदान गर्दा पूँजी बजारको अवस्था, धितोपत्र बजारको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी आवश्यक शर्तहरु तोक्न सक्नेछ । यस्तो शर्तको पालना गर्ने कर्तव्य सम्बन्धित धितोपत्र बजारको हुनेछ । (२) उपदफा (१) बमोजिम तोकिएको शर्तमा बोर्डले आवश्यकता अनुसार पूँजी बजारको अवस्था, धितोपत्र बजारको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी थपघट तथा हेरफेर गर्न सक्नेछ ।